arrow

चुनावी तयारीबारे प्रचण्डले धारणा सार्वजनिक गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
prachanda-final1.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए । 

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ । उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ । त्यसका लागि बैठक बस्दैछ ।

तर, आ–आफ्नै दाबीबाट दलहरू पछि हटेका छैनन् । जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुङ्गो लगाउन मुस्किल परेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ