arrow

सप्तरीमा तीन घर जलेर नष्ट

logo
रासस,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
fire-final.jpeg
फाइल तस्बिर

राजविराज। सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागी हुँदा स्थानीय शनिचर महतोका तीन वटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भई आगलागी भएको आशङ्का गरिएको छ। सो आगलागीबाट अन्नपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लहान नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ