arrow

रहेनन् पूर्व सांसद शाह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
dipta-prakash-shah-x-army.jpg

काठमाडौंं । राष्ट्रिय सभाका पूर्व सांसद दीप्तप्रकाश शाहको निधन भएको छ । सोमबार राति हृदयाघातका कारण उनको निधन भएको जनाइएको छ । नेपाली सेनाका पूर्वसहायक रथीसमेत रहेका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । 

२०४५ सालमा सेनाबाट अवकाश पाएपछि शाह राष्ट्रिय सुरक्षालगायत विषयमा विज्ञका रुपमा अगाडि सरेका थिए । उनी २०५८ सालमा राष्ट्रिय सभामा मनोनित भएका थिए ।

तर दरबारसँग सम्बन्ध राम्रो नभएपछि राजीनामा दिएका थिए । तत्कालीन शाही नेपाली सेनामा कानून हेर्ने प्राड विवाक स्थापनामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी १९९४ सालमा दैलेखको दुल्लुस्थित तत्कालीन राजपरिवारमा जन्मिएका थिए । शाहका दुई श्रीमती, दुई छोरी र एक छोरा छन् ।



नयाँ