arrow

'आवश्यक परे हवाई गस्ती गर्छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
balkrishna-khand.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले आवश्यक परे हवाई गस्ती गर्ने बताएका छन् । आफ्नै निवास तिलोत्तमा पुगेका गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षालाई लिएर यस्तो बताएका हुन् । 

“शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाई गस्ती गर्छौँ”, उनले भने । 

गृहमन्त्री खाँणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एक पटकमा एकै दिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ