arrow

अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्री खाँणको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
bal-krishna-khad-home-minister-nc-congress.jpg
फाइल तस्बिर

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञ विनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्।

घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाँणको निर्देशन छ। आज बिहान करिब १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए। घाइतेको सङ्ख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ । विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औद्योगिक क्षेत्रमा रहेको छ। विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो। सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ