arrow

सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
sindhuli.png
फाइल तस्बिर

सिन्धुली। सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ। केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबन्डा भएको छ। आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन्।

जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ। यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल काँग्रेसको भागमा परेको छ।

तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ। फिकल गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ। गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि नेपाली काँग्रेसले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ।

यसै गरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष काँग्रेसको भागमा छ। घ्याङलेक गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ।

बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ। यस्तै हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली काँग्रेसले पाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ