arrow

यी हुन् जिम्बावेविरुद्ध खेल्ने नेपाली क्रिकेट खेलाडीहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
cricket-nepal-2022-2222.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी–२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम शुक्रबार बिहान घोषणा गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनील धमलाले पुनरागमन गरेका छन् ।  क्यानले २३  खेलाडीबाट खेलको दिनमात्रै शुरुवाती ११ छनोट हुने बताएको छ ।

नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्नेछ । ५० ओभरको सिरिज १७–२१ बैशाखसम्म चल्ने छ । टी–२० सिरिज २३–२६ बैशाखसम्म हुनेछ ।

नेपाली टिममा सन्दीपसँगै विनोद र सुनील तथा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की र सुसन भारी रहेका छन् । 

त्यस्तै टिममा पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल र विक्रम सोब परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ