बिक्रमको नेतृत्वमा तयार भयो इलाम फुटबल संघको कार्यसमिति
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
785
Shares
इलाम । जिल्ला फुटबल संघ इलामको सातौं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इलाममा सम्पन्न सभाले संघको उपाध्यक्षमा पूर्णबहादुर लिम्बु (फत्र माइला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा प्रमोनन्द दुलाल (प्रकाश), लिलबहादुर बुर्जा, भुवन सिंह भुजेल, विप्लप कोइराला, सुरेन राई, पवनकुमार श्रेष्ठ, ज्ञानबहादुर राई, मोहनकुमार राई, मणिकुमार गुरुङ, महानन्द भक्तराज, विजयकुमार सुब्बा, शोभा राई (महिला सदस्य) चयन भएका छन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व सचिव घनेन्द्र भक्तराज र जिल्ला फुटबल संघ इलामका संस्थापक अध्यक्ष राजकुमार भक्तराजलाई सम्मान गरिएको थियो ।
संघको महासचिव र कोषाध्यक्ष पछि चयन गरिने संघले जनाएको छ ।
आगामी जेठ १५ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदैछ ।