arrow

कमेरोटारस्थित गोदाममा आगलागी, ठूलो मात्रामा सामग्री नष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
RS-KTM-Aaglagic.jpg

भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा आगलागी भएको छ । 

उक्त आगलागीबाट मानविय क्षति नभए पनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो । 

काठमाडौँ, ललितपुर, भक्तपुर र नेपाली सेनाको वारूणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट कति सामग्री नष्ट भयो भन्ने यकिन भएको छैन । रातको समय भएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ