arrow

आईपीएलको शैलीमा नेपाल टी–२० क्रिकेट, भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको आठ वर्षे साथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
cricket-ballhitting-wickets.jpg.jpeg
तस्बिर– सांकेतिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट प्रतियोगितालाई आधिकारिक मान्यता दिँदै आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आधिकारी प्रतियोगिताको रूपमा नेपाल टी–२० आयोजना गर्ने घोषणा गरेको हो ।

हाल नेपालमा निजी क्षेत्रबाट एभेरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता चर्चित फ्रेन्चाइज लिगहरु आयोजना हुँदै आएका छन् ।

नेपाल टी–२० भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस व्यावसायिक साझेदारको रूपमा रहने छ । यसअघि सेभेन थ्री स्पोर्टसले क्यानसँग १० वर्षे समझदारी गरे पनि पछि आठ वर्षमा झारेको थियो ।

क्यानले आठ वर्षमा सेभेन थ्रीसंँग सम्झौता अनुसार करिब ३१ करोड हाराहारी आर्थिक रकम प्राप्त गर्नेछ ।  क्यानले प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाइसकेको छ ।

प्रतियोगिता घोषणापछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल टी–२० नेपाली क्रिकेट विशेष गरी क्रिकेटमा भविष्य खोजिरहेका युवाहरूका लागि ठूलो पहल हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ