arrow

डोटीका दुई पालिकामा दुई महिला पत्रकारको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
2-journalist-doti.PNG

  डोटी । निर्वाचन-२०७९ मा डोटीबाट दुई महिला पत्रकारले पालिकाको उप -प्रमुख र गाउँ पालिकाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार बनाएको छ। दुई पालिकामा दुई महिला पत्रकार उम्मेदवारले मङ्गलवार उम्मेदवारी दर्ता गराएका छन्। 

नेपाली कांग्रेसबाट शिखर नगरपालिकामा सुनिता रावल जोराले उप - प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् भने आदर्श गाउँ पालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायले दर्ता गराएकी छन्।

रावल नेपाल पत्रकार महासङ्घ डोटीको उपाध्यक्ष,  नेपाल प्रेस युनियन केन्द्रीय पर्सादका साथै विगत लामो समय देखि रेडियो नेपाल दिपायल कार्यरत थिइन् । 

उम्मेदवारी दर्ताका क्रममा शिखर नगरपालिका उप -प्रमुखका उम्मेदवार सुनिता रावले अन्याय, असमानता र विभेद रहित नगर निर्माणका लागि र महिला, बाल मैत्री र वातावरण मैत्री नगर बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।

उनले भनिन्, ‘सबै भन्दा पहिला त हिंसा रहित घर र समाज निर्माणमा लाग्नेछु, अन्याय अत्याचारका विरुद्धमा मेरो अभियान हुनेछ, महिलाहरूको उत्थान, त्यसपछि नगरलाई सूचना मैत्री, वातावरणमैत्री नगर बनाउन विभिन्न खाले कार्यक्रम योजनाहरू समेट्ने छु।’ 

त्यस्तै नेपाल प्रेस युनियन डोटी उपाध्यक्ष तथा काङ्ग्रेस प्रदेश प्रतिनिधि लक्ष्मी रोकाले उम्मेदवारी दर्ता गर्दै समृद्ध र सुन्दर गाउँ बनाउन र सिंहदरबारको अधिकार प्रत्येक नागरिकलाई महसुस गराउन आफ्नो उम्मेदवारी रहेको बताइन्।

उनले भनिन्, ´हिंसा रही घर, महिलाको उत्थान, चुलो चौका महिला दिदी बहिनीलाई व्यावसायिक बनाउन मेरो प्रयास रहने छ।´त्यसै गरि सूचना मैत्री गाउँ बनाउन मेरो जोड रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ