arrow

नेपाल र जिम्बावेबीचको क्रिकेट प्रत्यक्ष प्रशारण हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
nepal-cricket-association.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावेविरुद्ध हुने एक दिवसीय र टी–२० खेलको प्रत्यक्ष प्रशारणका लागि सम्झौता गरेको छ । कीर्तिपुर त्रिवि मैदानमा हुने खेल याक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । 

क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । यस्तै ज्ञानेन्द्र मल्ललाई विश्राम दिइएको छ । क्यानले २३  खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने जनाएको छ ।

नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्नेछ । ५० ओभरको सिरिज १७ देखि २१ वैशाखसम्म चल्ने छ । यस्तै टी–२० सिरिज २३ देखि २६ वैशाखसम्म हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ