arrow

पौडेललाई फकाउन भरतपुर पुगे गृहमन्त्री, उम्मेदवारी फिर्ता नहुने भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
balkrishna-khad.jpg

भरतपुर । गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेट गरेका छन् । भेटका क्रममा मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका छन् । 

पौडलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाँणले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने,“पार्टीले विशष परिस्थितिमा गठबन्धन गरेको छ । पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाउँ कार्यान्वयन गराउँ भन्नेनै हामीले विशेष आग्रह गरेका छौँ ।” निर्वाचनको समयमा पार्टीले आधिकारिक उम्मेदवार दिने जनाउँदै उनले कांग्रेस सधैँ लोकतन्त्रका लागि प्रतिवद्ध रहेको बताए । 

उनले भने “अहिले असहज परिस्थिति छ । यो असहज परिस्थितिबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।”

पौडेललाई भेट्नु अघि प्रस्तावक मीना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग पनि गृहमन्त्री खाँणले भेटवार्ता गरेका थिए । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुँने ठाउँमा पुगेको जानकारी गराएको बताए । 

उनले भने, “गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उनहरुको भविष्यसँग जोडिएको विषय छ । यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भने ।” छलफलका क्रममा गृहमन्त्री खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी भएका थिए । 

कांग्रेस नेता पौडेल भने प्रस्तावलाई लिएर सकारात्मक छैनन् । उनले भरतपुरबाट मेयर उम्मेदवार रेणुलाई हटाउन भन्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ