arrow

२५ वर्षअघिको तरुण दलको योजना सुनसरीमा, चलाइँदै ‘वान बुथ ट्वेन्टी युथ’ अभियान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
sunsari-tarun-dal.jpg

धरान । नेपाल तरुण दल सुनसरीले ‘वान बुथ ट्वेन्टी युथ’ कार्यक्रम अन्तर्गत निर्वाचनको प्रत्येक बुथमा २० जना तरुण युवाहरु खटाउने भएको छ । नेपाली कांग्रेस सुनसरीका सबै पालिकाहरुका मतदान केन्द्रमा सुनसरी तरुणले आम मतदाताहरुलाई मतदानमा भाग लिनका लागि सहजीकरण गर्न तरुणलाई खटाउने भएको हो ।

तरुण दल सुनसरी सभापति सिजन गुरुङले जिल्लाका सबै पालिकामा राखिएका मतदान केन्द्रमा २०–२० जनाको समूहमा तरुण युवा परिचालन गर्ने बताए । ‘२०५४ सालको स्थानीय तहमा तत्कालीन तरुण दल सभापति बालकृष्ण खाँडले ‘वान बुथ ट्वान्टी युथ’ अभियान चलाउनु भएको थियो । यसपल्ट सुनसरी तरुणले त्यसलाई जिल्लामा पुनः परिचालन गर्ने भएको छ’, कांग्रेस १ नं प्रदेश सदस्यसमेत रहेका गुरुङले भने ।

वृद्ध, अशक्त, अपाङ्गता भएका तथा फरक क्षमता भएका मतदाताहरुलाई मतदान स्थलसम्म पुर्याउने, नामावली रुजु गर्न सहजीकरण गर्ने, उम्मेदवारलाई गर्नुपर्ने सहयोग तथा बुथमा अन्य कुनै पनि आवश्यक सहयोग गर्नेछन् ।

यसैगरी जिल्लाका सबै पालिकाहरुमा तरुण दल निर्वाचन प्रचारप्रसार समितिसमेत गठन गरेको छ । नेपाली कांग्रेससहित गठबन्धनबाट जिल्लाका सबै पालिकाहरुमा उठेका उम्मेदवारलाई जिताउनका लागि तरुण दल पालिका सभापतिहरुको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

यसैगरी, मतदाता शिक्षालाई प्रभावकारी बनाउन क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ