arrow

जिम्बावेविरुद्ध नेपाल ब्याटिङमा, सुखद शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
nep-zima.jpg

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गरिरहेको छ । टीयू क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । 

नेपालले सुखद शुरुआत गरेको छ । पहिलो विकेटका लागि २७ रनको साझेदारी भएकोछ । आसिफ शेख १६ बलमा ९ रन बनाएर आउट भएका छन् । 

ओपनर कुशल भुर्तेलले भने आक्रामक खेलेका छन् । उनलाई रोहित पौडेलले साथ दिएका छन् । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । 

नेपालले तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपाल सुखद शुरुआत गर्न चाहे पनि टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । 

नेपालले तीन वर्षअघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ तीन खेलको टी–२० सिरिजपछि तीन खेलकै एक दिवसीय सिरिज खेल्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ