arrow

जिम्बावेविरुद्ध नेपालको सम्मानजक ब्याटिङ, दियो एक सय ८२ रनको चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
nepal-t20-2022-zim.jpg

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८१ रनको सम्मानजनक योगफल तयार गर्यो । 

नेपालका लागि आदील आलमले अविजित रहँदै २७ बलमा सर्वाधिक ४७ रन बनाए । यस्तै ओपनर कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे ।

रोहित पौडेलले २६ बलमा ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए ।

आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । करण केसी ४ रनमा अविजित रहे ।

जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे,ब्राण्डन माभुता र जोन मासराले १र१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको हो । 

सिरिज अन्तर्गत नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ  ।

टी–२० पछि नेपालले तीन वटा खेलको एक दिवसीय सिरिज खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ