arrow

जिम्बावेविरुद्ध नेपालको फितलो बलिङ, ६ विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
nepal-zimbabwe-cricket-2022-05-01.jpg

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपालले फितलो बलिङ गरेको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८१ रनको सम्मानजनक योगफल तयार गर्यो । 

नेपालका लागि आदील आलमले अविजित रहँदै २७ बलमा सर्वाधिक ४७ रन बनाए । यस्तै ओपनर कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे । रोहित पौडेलले २६ बलमा ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए ।

आसिफ शेख ९ रनमा आउट हुँदा करण केसी ४ रनमा अविजित रहे । आरिफ शेख २ रनमा आउट भए । 

जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले १–१ विकेट लिए ।

जवाफमा जिम्बावेले आकर्षक ब्याटिङ गर्यो । जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो । टाडिवान्से मारुमानीले ४१ बलमा ५६, कप्तान टोनिओंगाले २३ बलमा ५० रन बनाए । ओपनर इनोसेन्छ काइयाले ३० बलमा ४७ रन बनाए । 

नेपालका लागि बासिर अहमदले २ तथा  सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको हो । 

सिरिज अन्तर्गत नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ  ।

टी–२० पछि नेपालले तीन वटा खेलको एक दिवसीय सिरिज खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ