arrow

भिड्दै नेपाल र जिम्बाब्वे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
nepal-zim22.jpg

काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ । 

हिजो भएको पहिलो खेलमा बलिङमा चुकेको नेपाल घरेलु मैदानमा ६ विकेटले पराजित भएको थियो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले सम्मानजनक योगफल जोड्ने क्रममा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । 

तर जिम्बाब्वेले उक्त चुनौती ४ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्यो । 

त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १–१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो । 

तीन खेलको टी–२० पछि तीन खेलकै एक दिवसीय हुनेछ । तेस्रो टी–२० बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ