arrow

जिम्बाब्वेसँग बदला लिन नेपाल मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
nep-zim-toss.jpg

काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो खेलमा अहिले पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेसँगै जिम्बाब्वेले ब्याटिङ गरिरहेको छ । 

नेपालले उत्कृष्ट शुरुआत गरेको भए पनि जिम्बाब्वेले तीव्र गतिमा रन बटुलिरहेको छ । नेपालले दोस्रो बलमै इन्नोसेन्टको विकेट लिएको थियो । सोमपाल कामीले विकेट लिएका थिए । तर त्यसपछि भने जिम्बाब्वेका ब्याट्सम्यानहरु आक्रामक खेलिरहेका छन् । ४७ रन जोड्दा जिम्बाब्वेले दोस्रो विकेट गुमाएको छ । 

टाडिवानासे मारुमनी ११ बलमा २१ रन बनाएर करण केसीको बलमा आउट भएका छन् । 

हिजो भएको पहिलो खेलमा बलिङमा चुकेको नेपाल घरेलु मैदानमा ६ विकेटले पराजित भएको थियो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले सम्मानजनक योगफल जोड्ने क्रममा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । 

तर जिम्बाब्वेले उक्त चुनौती ४ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्यो । 

त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १–१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको टिम नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेलिरहेको हो । 

तीन खेलको टी–२० पछि तीन खेलकै एक दिवसीय हुनेछ । तेस्रो टी–२० बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ