arrow

दुर्घटनामा गम्भीर घाइते जीतबहादुरको पनि मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
accident-final-1618290232.jpg

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ लेवाडेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षीय जितबहादुर पुनको पनि मृत्यु भएको छ ।

पुनको उपचारको क्रममा आज बिहान ५ बजे पोखरास्थित मेट्रोसिटी अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो दुर्घटनामा जीतबहादुरकी १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबार बिहान पोखराबाट पर्वत जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसैबीच दुर्घटनामा बाबुछोरीकै मृत्यु भएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । उनीहरुले फरार रहेको कार चालकलाई कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ