arrow

जिम्बाब्वे विरुद्धको टी–२० श्रृंखलामा नेपालको बराबरी, अन्तिम खेलमा आठ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
nepal-t20-2022-05-04.jpg

काठमाडौं । नेपालले जिम्बाब्वेको ए टिमलाई तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पराजित गरेको छ । नेपाल ८ विकेटले विजयी भएको हो । 

टीयू क्रिकेट मैदानमा बुधबार दिउँसो भएको खेलमा नेपालले १३७ रनको चुनौती १५.५ ओभरमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि आसिफ शेखले ५४ बलमा अविजित रहँदै ८७ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३४ तथा बसिर अहमदले १० रन जोडे । 

यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । रोय काइअले सर्वाधिक ४९ रन बनाएको इनिङ्समा सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए । तीन खेलाडी रनआउट भएका थिए । 

यो जितसँगै तीन खेलको टी–२० श्रृंखलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा जिम्बाब्वे विजयी भएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

अब नेपालले तीन खेलको एक दिवसीय श्रृंखला खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ