arrow

इलाममा विनिताको हत्यामा संलग्न देवेन्द्र पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
Murder-makawanpur-1 (1).jpg

इलाम । इलाम नगरपालिका-८ सिङफिरिङकी ३१ वर्षीया विनिता काफ्लेको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरी हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो । 

प्रहरीले इलाम-८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराएका थिए। किटानी जाहेरीपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा यही २० गते महभिरको जङ्गलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार मृतक काफ्ले र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको बताइएको छ । मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि रिमालले उनको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।

मृतक काफ्लेका श्रीमान्को दुई वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उनीहरुको चार वर्षीय एक छोरी रहेको बताइको छ । मृतक र अभियुक्तबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो । काफ्ले यही वैशाख १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ