arrow

महिलाको हत्यामा संलग्न बाबु-छोरालाई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
santosh jalari.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलाको हत्यामा संलग्न बाबु-छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १८ खपौदीका ३६ वर्षीय सन्तोष जलारी र उनका छोरा १८ वर्षका साजन जलारी रहेका छन् ।

कास्की प्रहरीका अनुसार यहि वैशाख ६ गते बिहान फेवाताल किनारमा खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा-५ मालेपाटन बस्दै आएकी ४४ वर्षकी सेतीमाया अधिकारीको  शव फेला परेको थियो । 

अधिकारीको हत्यामा संलग्न रहेको अभियोगमा जलारी बाबुछोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेको दुवै जनालाई ज्यान सम्बन्धी कसूर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ