arrow

दश ठाउँ बढी छुराले हानेर कान भनिने अनिलको हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
kan-anil-pariyar.jpg

चितवन । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारको छुरा हानी विभत्स हत्या गरिएको हो ।

भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार बेलुकी करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । 

प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।

छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । 

निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ