arrow

क्रसर संचालकको रहस्यमय मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
280116668_490804836064380_9126892749449534641_n.jpg

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ जमुनियास्थित रातु नदीको किनारमा निर्माणाधीन जय श्री हनुमान वालुवा वासिङका क्रसर सञ्चालक मिथिला नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय दिनेश महतोको रहस्यमय मृत्यु भएको छ । 

ओछ्यानमा जलिरहेको अवस्थामा दिनेशको शव क्रसर भएकै ठाउँ घरमा फेला परेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर उनको जलेर मृत्यु भएको प्रहरीको अनुमान रहेको हो ।

यता स्थानीयले भने महतोको जलाएर हत्या गरेको दाबी गरेका हुन् । जलिरहेकै बेला भंगहा प्रहरी चौकीबाट खटिएको प्रहरीसहित दमकल र स्थानीयले आगो निभाएका थिए । महतोले पाटनरसीपमा क्रसर सञ्चालन गरेका थिए । 

घटनास्थलबाट उनका सहपाठी सुरज महतोलाई स्थानीयको दबाबमा प्रहरीले पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ । 

घटनाको छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ