arrow

फिलिपिन्सको राष्ट्रपतिमा पूर्व तानाशाहका छोरा भारी मतले जित्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
Ferdinand Marcos Jr.jpg

काठमाडौं । फिलिपिन्सको राष्ट्रपतीय निर्वाचनमा ९६.७ प्रतिशत मत गणना हुँदा पूर्व तानाशाही राष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा ६४ वर्षीय फोर्डिनान्ड मार्कोस जुनियरले करिब ५८ प्रतिशत मत पाएका छन् ।

फोर्डिनान्ड मार्कोस जुनियरको प्रतिद्धन्द्धी उपराष्ट्रपतिसमेत रहेकी लेनी रोर्बेडोले २८ प्रतिशत मत पाएकी छन् । करिब ११ करोड जनसंख्या रहेको फिलिन्पिसमा राष्ट्रपति निर्वाचनमा ३ करोड मत फोर्डिनान्ड मार्कोस जुनियर एक्लैले पाएका छन् ।

पूर्व तानाशाही राष्ट्रपतिका छोराको विजयी हुनु भनेको उनको परिवार करिब ३६ वर्षपछि देशको नेतृत्वमा आउनु हो । तानाशाही राष्ट्रपति फोर्डिनान्ड मार्कोसले सन् १९६५ देखि सन् १९८६ सम्म फिलिपिन्सको सत्तामा रहेका थिए ।

फोर्डिनान्ड मार्कोस जुनियरले पूर्व राष्ट्रपति रोड्रिगो दुर्तेतेकै नीतिमा देश अघि बढाउने अनुमान गरेपनि व्यावहारीकरुपमा कसरी सत्ता हाक्नेछन् भन्ने कुरा आउँदा दिनले देखाउनेछ ।

फोर्डिनान्ड मार्कोस जुनियरले आउँदो जुन ३० मा ६ वर्षीय कार्यकालका लागि सपथ लिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ