arrow

निजी क्षेत्रका श्रमिकलाई मतदानमा भाग लिने वातावरण बनाउन महासंघको अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
fncci-building-teku-11.gif
तस्बिर– फाइल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी शुक्रबार हुने निर्वाचनमा मतदान गर्नका लागि निजी क्षेत्रलाई अनुरोध गरेको छ । महासंघले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर गरेर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको अवस्थामा निक्षी क्षेत्रका उद्योग–प्रतिष्ठानमा काम गर्ने श्रमिक–कर्मचारीहरुलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोगगर्न अनुरोध गरेको हो । 

यस्तो छ महासंघको विज्ञप्ति
‘यही २०७९ वैशाख ३० गते, शुक्रवारका दिन सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सबैमा विदितै छ । 

अतः उक्त दिन निजी क्षेत्रका उद्योग÷प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक÷कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग हुन सम्बन्धित सबैमा नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक अनुरोध गर्दछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ