arrow

मोदीको भ्रमणबारे परराष्ट्रविद् भट्टराई भन्छन्- उच्चस्तरीय भेटघाट छिटो छिटो हुनु शुभ संकेत हो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
dinesh-bhattarai.jpg

काठमाडौं । जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेयता मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ ।

बद्ध जयन्तीको अवसरमा लुम्बिनीमा रहने मोदीको भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सहभागी हुनेछन् । 

मोदीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धका बिषयमासमेत कुराकानी हुने भएको छ । यो भ्रमणले नेपाल भारत बीचको शदियौंको सम्बन्धलाई थप नयाँ उचाई दिन मद्दत गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।

गत महिना (अप्रिल) मा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदी नेपालको भ्रमणमा आउनु दुई पक्षीय सम्बन्धका लागि शुभ संकेत भएको परराष्ट्रविद्को भनाइ छ ।

यस बिषयमा परराष्ट्रविद् डा दिनेश भट्टराई भन्छन्, 'हाइएस्ट लेभलमा यसरी यति छिटो छिटो भिजिट हुनु चाहिँ राम्रो संकेत हो । नेपाल भारत सम्बन्धमा, यसले सद्भाव, समझदारी र विश्वासको वातावरण बनाउन सहयोग गर्छ ।'

यस्तै नेपाल भारत असल छिमेकी र मित्रराष्ट्र भएकालेसमेत दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन जरुरी रहने उनको भनाइ छ । 

'नेपाल भारत छिमेकी, असल मित्र र सुखदुखका साथी हुन्, अब के गर्ने भुगोलले हामीलाई बाध्य पार्याे, हामीले राम्रो सम्बन्ध राख्नुपर्छ, छिमेकीसँगको सम्बन्ध हाम्रो नेपालको चाहिँ अस्तित्वसँगै पनि सम्बन्धित छ भन्ने लाग्छ मलाई । त्यसैले यसरी छिटो छिटो हाइ लेभलमा भिजिट हुनुलाई मैले चाहिँ सकारात्मक मानेको छु’, डा भट्टराईले अघि भने ।

नेपाल भारत सम्बन्धमा पछिल्लो समय केही विश्वसनीयताको कमी देखिएकोमा यस्ता भ्रमणले त्यसलाई न्यून गर्ने उनको भनाइ छ । 

'अलिकति विश्वासको न्यूनता देखिन्छ, नेपाल भारत सम्बन्ध जुन नहुनु पर्ने हो, त्यो न्यूनतालाई  पूर्ति गर्नको लागि यस्ता भिजिटहरु सहयोगी हुन्छन् भन्ने चाहि मलाइ लाग्छ,' डा भट्टराईले अघि भने ।

यस्तै मोदीको लुम्बिनी भ्रमणले बौद्ध धर्माबलम्बीहरु र बहु बौद्धधर्माबलम्बी रहेका मुलुकहरुबाट पर्यटकको आगमनलाई बढाउन मद्दत गर्ने र यसले हाम्रो अर्थतन्त्रलाई समेत सहयोग पुग्ने उनको बुझाइ छ ।

२०१४ मा म्यानमार बिमेस्टेक सम्मेलन हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बुद्धिस्ट सर्किट बनाउने प्रस्ताव अघि सारेको कुरा स्मरण गराउँदै  भट्टराईले लुम्बिनी, सारनाथ, बोधगया, कुशीनगरलाई जोड्न सकिएमा यसले नेपालको पर्यटन क्षेत्रमा थप योगदान पुर्याउने बताए । उनले अघि भने, ‘त्यसैले यो भिजिटलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ