arrow

दिउँसो १ बजेसम्म मौसम अनुकूल, त्यसपछि विभिन्न ठाउँमा वर्षा, समय मिलाएर मतदान गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
weather-2022-evergreen.jpg

काठमाडौं। स्थानीय तहको निर्वाचनमा मतदान भइरहेको छ । मुलुकभर एकैपटक निर्वाचन आयोगले मतदान गराइरहेको हो । यो साताको शुरुआतदेखि नै आजको दिन वर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेतना अपनाउन आग्रह गरेको थियो । 

राति विभिन्न स्थानमा वर्षा भए पनि अहिले भने कतै वर्षा नभएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए । 

उनका अनुसार बिहान लुम्बिनी प्रदेश तथा प्रदेश १ का केही स्थानमा वर्षा भएको थियो । उनले प्रदेश १ का झापा, मोरङ लगायतमा वर्षा भएको जानकारी दिए । मतदान शुरु भएपछि भने कतै वर्षा नभएको उनले जानकारी दिए । 

मध्यान्हपछि भने विभिन्न स्थानमा वर्षाका लागि मौसम बदली हुने जानकारी दिए । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पौडेलले बताए । उनलै एकै पटक जताततै वर्षा हुने नभइ फरक फरक समयमा वर्षा हुन सक्ने उनले बताए । 

उनले सोही अनुसार मतदान गर्न पनि आग्रह गरेका छन् । दिउँसो १ बजेभित्रै मतदान गर्ने हो भने वर्षाको असरमा नपरिने महाशाखाको बुलेटिनबाट स्पष्ट हुन्छ । 

स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि शुरु भएर साँझ ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ