arrow

भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
bhaktpur.jpg.jpeg
फाइल तस्बिर

भादगाउँ। भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए। बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ।

जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन्। जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्य विनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ