- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गण्डकी । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।
मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उनले बताए ।सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो । रासस