arrow

घोराही उपमहानगरको मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Ghorahi_Upamahanagarpalika2.png

दाङ । घोराही उपमहानगरपालिकाको मतगणना शुरु भएको छ । बिहान १०:३० बजेदेखि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । 

उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना शुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ । 

उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा (एमाले)बाट वडाध्यक्षमा उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि  मतगणना गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ