arrow

थिमि-१ मा कांग्रेसका उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
nepali-congress-flag-tree00.jpg

थिमि । मध्यपुर थिमि नगरपालिकामा-१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी भएका छन् । नेकपा एमालेका कृष्णकुमार प्याथसँग प्रतिस्पर्धा गरेका डङ्गोलले एक हजार ७१० मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी प्याथले एक हजार २९० मत ल्याएको मध्यपुर थिमी नगरपालिकाका सहायक निर्वाचन अधिकृत  मैयाँ कँडेलले जानकारी दिइन् ।

त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी भएका छन् । महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्यमा रिमा परियार, कान्छाराम द्वारे तथा नेकपा एमालेका श्याम प्रजापति विजयी भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ