arrow

स्थापितभन्दा करिब दोब्बर मतले वालेन्द्र अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
ktm-canided-mayour.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार साह अगाडि देखिएका हुन् । 

वालेन्द्रले २ हजार ७ मत पाएका छन् भने स्थापितले १ हजार १ सय ६४ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् । 

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ८ मत पाएकी छिन् ।

साथै राप्रपाका मदनदास श्रेष्ठ भने चौथो नम्बरमा रहेका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ