arrow

घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा  कांग्रेस अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Dang-hamrakura.jpg.jpeg

घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा  कांग्रेस अगाडि
दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन् ।  

उनले दुई हजार ८८४ मत प्राप्त गरेका छन् ।  नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै  रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले  तीन हजार १०० मत प्राप्त गरेका छन् ।

एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी  छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९  अर्थात्  ६७.७६ प्रतिशत मत खसेका थियो ।  

त्यसैगरी लमही नगरपालिकामा कांगे्रसले अग्रता लिएको छ । सो नगरपालिकाको नगरप्रमुखमा  कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा  कांगे्रसका  उम्मेदवार  लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गरेका छन् । गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांगे्रसका उम्मेदवारले अग्रता लिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा कांगे्रसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र  एमालेका सीता चौधरीले ४९१ मत  प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ