arrow

काठमाडौंमा दोब्बर मतले वालेन्द्रको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
balen-sah-kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ६ हजार ४८६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् । 

नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ४१३ र नेपाली कांग्रेसका सिर्जना सिंहले तीन हजार ९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गरेका छन् । 

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ । 

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् । 

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ