arrow

नेपाल युगाण्डाबीचको टी–२० क्रिकेट, नेपाल बलिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
nepal-ugenda-women-cricket-toss.jpg

काठमाडौं । युगाण्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको युगाण्डाले शुरुआतमा ब्याटिङ थालेको हो ।  

सन् २००७ बाट अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेल्न लागेको हो । नेपाल र युगाण्डाबीच पाँच टी–२० खेल हुनेछ । खेल ७ जेठसम्म टीयू क्रिकेट मैदानमा चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ