arrow

नेपाल युगाण्डासँग १२ रनले पराजित   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
nepali-women-cricket-2022.jpg

काठमाडौं । घरेलु मैदानमा पहिलो पटक भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको हो ।  

नेपालका लागि इन्दू बर्माले सर्वाधिक १६ रन बनाइन् । इन्दू २८ बलमा  एक चौका प्रहार गर्दै रन आउट भइन् । यस्तै, डल्ली भट्टले १० बलमा १३ रन र विन्दु क्षेत्रीले २३ बलमा १२ रन बनाए । अविजित रहेकी कविता कुँवरले ६ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका दुवै ओपनर ब्याटर रन आउट भएका थिए । बिन्दु रावल २३ बलमा १२ रन बनाएर रन आउट भइन् । विकेट किपर समेत रहेकी ज्योति पाण्डे ७ बलमा ६ रन बनाएर पेवेलियन फर्किइन् ।  

कप्तान रुविना क्षेत्री ९, अप्सरी वेगम १, कविता जोशी ४, रोमा थापाले ५ रन बनाएर आउट भए । 
युगाण्डाको लागि सराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिइन् । ४ ओभर बलिङ गरेकी सराहले १३ रन खर्चिइन् । कोन्सीले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिइन् । जनेत एमवावाजी र रिता मुसामालीले समान एक विकेट हात पारे ।   

टस हारेर ब्याटिङ गरेको युगाण्डाका लागि जनिद एम्बाबाजीले सर्वाधिक २९ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरेकी थिइन् । 

रिता न्याङ्गिन्डोले १८ रन, ओपनर केविन अविनोले १५, रीता मुसामालीले १३, फ्राङ्क्लिन नाजुम्बोले १२ रन बनाइन् ।  ओपनर ब्याटर लिओना बाविर बोल्ड आउट भइन् । 

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । ४ ओभर बल फ्याँकेकी कविताले १५ रन खर्चिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान १ विकेट लिएका थिए ।  

पहिलो टी-२० खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरिन् । उनलाई कप्तान रुविनाले डेब्यु क्याप प्रदान गरेकी थिइन् । वागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा यस अघि रहेपनि पहिलो पटक टिममा स्थान बनाएकी हुन् । 

डेब्यु खेलमा उनले तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएकी थिएन् । यद्यपि, विकेट भने लिन सकिनन् । ब्याटिङतर्फ भने ३ बलमा रन जोड्न सकिनन् । 

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय श्रृंखला खेलेको हो । ऐतिहासिक श्रृंखलाको दोस्रो खेल मंगलबार टीयू मैदानमै हुनेछ । नेपाल र युगाण्डाबीच पाँच खेलको श्रृंखला हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ