arrow

पोखरामा गठबन्धनका आचार्य ८६९ मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
dhan-raj-acharya-vote-pokhara-socialist.jpg

पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि हुनुहुन्छ भने एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उनलाई पछ्याएका छन् । 
 
महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ