arrow

नेपाल श्रृंखला बराबरी गर्न युगाण्डासँग दोस्रो खेल खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
nepal-ugenda-women-cricket-toss.jpg

काठमाडौं । पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगाण्डाविरुद्ध आज खेल्दैछ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १–१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगाण्डासँग १२ रनले पराजित भएको थियो ।

सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो । युगाण्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो  । दोस्रो खेलमा भने कप्तान रुबिना  र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।

पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगाण्डाबीचको शृंखला पाँच खेलको हुनेछ । नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृंखला हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ