arrow

कांग्रेसका नरेन्द्रलाई हराउँदै रामग्राममा एमालेका यादव विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
local-level-election-12345.jpg

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । 

नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गरे । 

गुप्ता निवर्तमान नगर प्रमुख हुन् । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको थियो । उपप्रमुखमा राप्रपाबाट विजयी चौधरीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी क्षेत्रीलाई ११९ मतान्तरले हराइन् । चौधरीले ६ हजार ५८२ र क्षेत्रीले ६ हजार ४६३ मत प्राप्त गरे । 

अठार वडामध्ये ६ वडामा कांग्रेस, दुईमा एमाले, तीनमा राप्रपा, ६ वडामा जनता समाजवादी पार्टी र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेस वडा नं ५, ६, ८, १४, १७ र १८ मा, एमाले वडा नं १२ र १३ मा, राप्रपा वडा नं १, ३ र ९ मा, जसपा वडा नं २, ४, ७, १०, ११ र १६ मा तथा वडा नं १५ मा स्वतन्त्र उम्मेदवार विजयी भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ