arrow

नेपालको नसुध्रिएको ब्याटिङ, युगाण्डाविरुद्ध तीन वटै खेलमा उस्तै योगफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nepal-ugenda-cricket-2022.jpg

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग पाँच खेलको टी–२० श्रृंखला खेलिरहेको छ । घरेलु टीयू क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालको ब्याटिङ भने सुध्रन सकेन । जसका कारण नेपालले यसअघिका दुई खेल गुमाएको छ भने तेस्रो खेलमा जितका लागि संघर्षरत छ । 

नेपालले पहिलो खेलमा नेपाल ९० रनमा समेटियो । १०३ रनको चुनौती लिएर मैदानमा उत्रिएको नेपालले ९ विकेटको क्षतिमा उक्त योगफल बनायो । इन्दू बर्माले सर्वाधिक १६ रन बनाइन् । बिन्दू क्षेत्रीले १२ तथा कविता कुँवरले ११ रन बनाउनु बाहेक कसैले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १०१ रन बनायो । बिन्दू रावलले २६ रन बनाइन् । सरिता मगरले २२ रन जोडिन् । 

बिहीबारको तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ९९ रनमात्र बनाउन सक्यो । ओपनर ज्योती पाण्डेले ५४ बलमा ४७, कप्तान रुबिना क्षेत्रीले १५ बलमा अविजित रहँदै १८ तथा सीता रानामगरले २५ बलमा १२ रन बनाएको इनिङस्मा अन्य खेलाडीले दोहोरो स्कोरसमेत बनाउन सकेनन् । 

चौथो खेल शुक्रबार र पाँचौं खेल शनिबार हुनेछ । तर आफूभन्दा तीन वरीयता तल रहेको युगाण्डासँग त्यो पनि घरेलु मैदानमा नेपाली चेलीहरुले देखाएको ब्याटिङ प्रदर्शन भने सम्झनलायक बनेको छैन । 

त्यसैगरी बलिङ पक्षले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ