arrow

दुई खेल खेल्न बाँकी छँदै नेपालले युगाण्डा विरुद्धको टी–२० श्रृंखला गुमायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nepal-ugenda-cricket-2022.jpg

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग पाँच खेलको टी–२० श्रृंखला खेलिरहेको छ । घरेलु टीयू क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालले दुई खेल खेल्न बाँकी छँदै श्रृंखला गुमाएको छ । 

लगातार तीन हार बेहोरेसँगै नेपालले श्रृंखला गुमाएको छ । लगातारको हारसँगै नेपालको वरीयता पनि घट्ने निश्चित देखिएको छ । नेपाल १६ औं तथा युगाण्डा १९ औं वरीयतामा रहेको छ । तर घरेलु मैदानमा खेलिरहेको नेपालले सुधारोन्मुख प्रदर्शन गर्न सकेन । 

नपालको ब्याटिङ र बलिङमा सुधार आउन सकेन । जसका कारण नेपालले लगातार तीन खेल गुमाएको छ । अब नेपालले शुक्रबार चौथो र शनिबार अन्तिम खेल खेल्दैछ । 

पहिलो खेलमा सोमबार नेपाल ९० रनमा समेटियो । १०३ रनको चुनौती लिएर मैदानमा उत्रिएको नेपालले ९ विकेटको क्षतिमा उक्त योगफल बनायो । इन्दू बर्माले सर्वाधिक १६ रन बनाइन् । बिन्दू क्षेत्रीले १२ तथा कविता कुँवरले ११ रन बनाउनु बाहेक कसैले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

दोस्रो खेलमा मंगलबार नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १०१ रन बनायो । बिन्दू रावलले २६ रन बनाइन् । सरिता मगरले २२ रन जोडिन् । 

बिहीबारको तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ९९ रनमात्र बनाउन सक्यो । ओपनर ज्योती पाण्डेले ५४ बलमा ४७, कप्तान रुबिना क्षेत्रीले १५ बलमा अविजित रहँदै १८ तथा सीता रानामगरले २५ बलमा १२ रन बनाएको इनिङस्मा अन्य खेलाडीले दोहोरो स्कोरसमेत बनाउन सकेनन् । 

जवाफमा युगाण्डाले सुधारोन्मुख ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १८.२ ओभरमै जित निकाल्यो । नेपाल यो खेलमा ६ विकेटले पराजित भयो । नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दू बर्माले १–१ विकेट लिए । 

अब साख जोगाउन नेपालले चौथो खेल शुक्रबार र पाँचौं खेल शनिबार हुनेछ । तर आफूभन्दा तीन वरीयता तल रहेको युगाण्डासँग त्यो पनि घरेलु मैदानमा नेपाली चेलीहरुले देखाएको खेल प्रदर्शन भने सम्झनलायक बनेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ