arrow

युगाण्डाविरुद्ध श्रृंखला हारेपछि तात्यो नेपाल, आकर्षक ब्याटिङ शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
nep-ugen.jpg

काठमाडौं । पाहुना टोली युगाण्डा विरुद्धको पाँच खेलको टी–२० क्रिकेटमा लगातार तीन खेल हारेर श्रृंखला गुमाएको नेपाली महिला क्रिकेट टिमले आफ्नो साख जोगाउन चौथो खेल खेलिरहेको छ । जुन खेलमा जितबाहेकको कल्पना नेपाली टिमले गर्न सक्दैन । 

आफूभन्दा तीन वरीयता तलको टिमसँग घरेलु मैदानमै शुरुआती तीन खेलमा लज्जास्पद खेलेपछि महिला टोली दबाबमा छ । चौथो खेलमा अहिले टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

शुरुआती तीन खेलमा कमजोर ब्याटिङ गरेको नेपालले चौथो खेलमा भने विष्फोटक शुरुआत गरेको छ । वर्षाका कारण खेल १८ ओभरमा झारिएको छ । 

नेपालले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको छ । सो क्रममा ओपनर ज्योती पाण्डे १३ बलमा १७ रन बनाएर आउट भएकी छिन् । 

नेपाल श्रृंखलामा ‘क्लिन स्विप’ हुनबाट जोगिनका लागि पनि यो खेल जित्नैपर्ने दाबाबमा छ । 

यसअघि बिहीबार नेपाललाई ६ विकेटले हराएर युगाण्डाले श्रृंखला दुई खेल अगावै जितेको हो । त्यसअघि नेपाल १ विकेट र १२ रनले हारेको थियो । 


पहिलो पटक घरेलु मैदानमा श्रृंखला खेलिरहेको नेपालले युगाण्डासँग अन्तिम तथा पाँचौं टी–२० शनिाबार खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ