arrow

युगाण्डा विरुद्धको अन्तिम खेलमा नेपालको बल–ब्याट दुवै चल्यो, ३४ रनले हरायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
nepal-ugenda-cricket-final.jpg

काठमाडौं । युगाण्डा विरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको बल र ब्याट दुवै चलेको छ । जसका कारण नेपाल विजयी भएको छ । 

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले पाहुना टोली युगाण्डालाई ३४ रनले पराजित गर्यो । यो जितसँगै नेपालले पाँच खेलको श्रृंखलामा ३–२ को अन्तर गर्न सफल भएको छ । यसअघि शुरुआती तीन वटै खेल जितेर युगाण्डाले श्रृंखला जितेको थियो । 

अन्तिम खेलमा युगाण्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । यो नै जारी श्रृंखलाको नेपालको सर्वाधिक रन थियो । 

यही खेलमा नेपालको ब्याटिङ चल्यो । ओपनर ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । सीता राना मगरले १७ रन बनाएको इनिङ्समा इन्दू बर्माले ८ रन बनाइन् । कविता जोशीले नटआउट १८ रन बनाउँदा अप्सरी बेगम ११ रनमा आउट भइन् । रुबिना क्षेत्री र डोली भट्टले रनको खाता खोल्न सकेनन् । 

युगाण्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए । 

नेपालले युगाण्डा विरुद्धको पहिलो खेल १२ रनले, दोस्रो खेल १ विकेटले तथा तेस्रो खेल ६ विकेटले हारेको थियो । चौथो खेलमा नेपाल १५ रनले विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ