arrow

भारतीय अधिकारीले जमुनाह नाका खोल्न मानेन्

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1148966607.jpeg
नेपालगन्ज, बाँके । सीमावर्ती भारत पसेर तेपालतर्फ ढुंगामुढा गरेर तनाव सिर्जना भइरहने नेपालगन्जस्थित रुपैडिया–जमुनाह नाका दुई दिनदेखि ठप्प छ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राति तनाव भएपछि भारतले नाकामा झन् कडाई गरेको छ । भारतीय अधिकारीहरु तत्काल नाका खोल्न तत्पर छैनन् । नेपाली अधिकारीहरुले गरेको आग्रह उनीहरुले अस्वीकार गरेका छन् । दशगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार बेलुका झडप भएको थियो । 
 
प्रहरीले बल प्रयोग गर्ने डरले मोर्चाका कार्यकर्ता पारि गएर ढुंगा वर्षाएका थिए । सोही घटनालाई जोडेर मंगलबार बिहानैदेखि भारतीय सुरक्षाकर्मीले नाकामा ओहोर–दोहोर गर्ने ठुला सवारी साधन सञ्चालनमा रोक लगाएको हो । 
 
भारतीय सुरक्षाकर्मीले नाका बन्द गरिदिएपछि नेपालतर्फ आउने पेट्रोलियम ट्यांकर, ट्रक तथा कन्टेनर रुपैडिहामा र भारततर्फ जान लागेका खाली ट्यांकर, ट्रक तथा कन्टेनर जमुनाहा क्षेत्रमा अलपत्र परेका छन् । सवारी आवागमनमा भारतीय पक्षबाट अवरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी र जगत बस्नेतले बिहान बहराइचस्थित समकक्षी–सहायक डिएम)सँग भेट गरी छलफल गरेका थिए ।
 
छलफलमा बहराइच सहायक डिएमले केन्द्रबाट नाका खोल्न आदेश नआउँदा सम्म आफूहरुले केही गर्न नसक्ने जवाफ दिए । डिएमले बहराइच जिल्लामा निर्वाचन चलिरहेकाले दशगजामा नेपाली सुरक्षाकर्मी र आन्दोलनकारीबीच ढुंगा हानाहान हुनु असुरक्षि वातावरण हो–भने ।  
 
बहराइच जिल्लाको चुनावलाई मध्यनजर गर्दै मंगलबार दिनभर सवारी साधन आवात–जावतमा रोक लगाएपनि बुधबार नाका खोल्ने वा नखोल्ने कुरा आफुले भन्न नसक्ने जवाफ डिएमले दिएको सहायक प्रमुख जिल्ला अधिकारी एमसीले बताए । दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा नाकाको सुरक्षामा समन्वय गर्ने कुरामा भने भारतीय अधिकारीले सहमति जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ