arrow

स्थानीय तहको निर्वाचन सकिन नपाउँदै सरकारले जनताको ढाड सेक्दै, खाना पकाउने ग्यासमा दुई सयले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।
 
पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत बैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । स्थानीय तहको निर्वाचन सकिन नपाउँदै सरकारले जनताको ढाड सेकेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ