arrow

सात सय १९ पालिकाको अन्तिम परिणाम आयो, ३२ को गणना जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये सात सय १९ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि रहेको छ । 

कांग्रेसले पालिका प्रमुखमा ३१५ सिट जितेको छ । कांग्रेसले अझै १० पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको नेकपा एमालेले १९५ पालिका जितेको छ । ११ पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ पालिकामा अग्रता लिएको छ । 

जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले २९ सिट जित्दा २ मा अग्रता कायम गरेको छ । अन्यले २७ सिट जित्दा ५ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्र अगाडि रहेका छन् । त्यस्तै राप्रपा पनि रहेको छ । नेमकिपा पनि समेटिएको छ । 

नेकपा एकीकृत समाजवादीले १७ सिट जित्दा २ सिटमा अगाडि रहेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले १४ सिट जित्दा ३ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २९२ सिट जित्दा ८ सिटमा अगाडि रहेको छ । 

एमालेले २२२ सिट जित्दा १७ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले  १२६ सिट जित्न सफल भएको छ भने १ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टी जसपाले ३० सिट जित्दा १ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ सिट जित्दा २ सिटमा अगाडि छ । 

अन्यले १८ सिट जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १० सिट जित्दा ३ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 

अहिले ३२ पालिकाको मतगणना भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ