- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये सात सय २९ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ । २२ पालिकाको मतगणना भइरहेको छ ।
नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकाको नेतृत्व गर्ने भएको छ । कांग्रेसले पालिका प्रमुखमा ३२० सिट जितेको छ । कांग्रेसले अझै ६ पालिकामा अग्रता लिइरहेको छ ।
दोस्रो स्थानको नेकपा एमालेले १९९ पालिका जितेको छ । ७ पालिकामा अग्रता लिएको छ । तेस्रो भएको माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ पालिकामा अग्रता लिएको छ ।
जनता समाजवादी पार्टी जसपाले २९ सिट जित्दा २ मा अग्रता कायम गरेको छ । अन्यले पनि २९ सिट जित्दा २ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्र अगाडि रहेका छन् । त्यस्तै राप्रपा पनि रहेको छ । नेमकिपा पनि समेटिएको छ ।
नेकपा एकीकृत समाजवादीले १७ सिट जित्दा २ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १५ सिट जित्दा १ सिटमा अगाडि रहेको छ ।
उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २९५ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ ।
एमालेले २२८ सिट जित्दा १३ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले १२६ सिट जित्न सफल भएको छ ।
जनता समाजवादी पार्टी जसपाले ३० सिट जित्दा १ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ सिट जित्दा २ सिटमा अगाडि छ ।
अन्यले १८ सिट जितेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ११ सिट जित्दा १ सिटमा अग्रता लिएर अगाडि बढेको छ ।