arrow

पाँच महानगरपालिकाको यस्तो छ पछिल्लो मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
local-level-election-2079.jpg

काठमाडौं । देशका छ महानगरपालिकामध्ये पाँच वटाको स्थानीय तहको निर्वाचनको परिणाम आउन बाँकी छ । परिणामको तीव्र प्रतिक्षा भइरहँदा अग्रता लिइरहेका सबैजसो उम्मेदवारले सफलता हासिल गर्ने देखिएको छ । 

सर्वाधिक प्रतिक्षाको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निकै अगाडि छन् । उनले ४६ हजार ४७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको २७ हजार ७९९ मत रहेको छ । 

अर्को बहुप्रतिक्षित भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पनि निकै अगाडि छिन् । उनले ४५ हजार ८८७ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत पाएका छन् । 

ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले ३५ हजार ७०३ मत पाउँदा एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको मात्र २० हजार ९४२ मत रहेको छ । 

वीरगञ्ज महानगरपालिकामा पनि दोब्बरको अन्तर रहेको छ । जनता समाजवादी पार्टीका राजेशमान सिंहले ३९ हजार ६६१ मत पाउँदा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २० हजार २०५ मतमात्र पाएका छन् । 

विराटनगर महानगरपालिकाको भने छिनोफानो भइसकेको छ । कांग्रेस उम्मेदवार नागेश कोइराला ३० हजार १७० मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मतमात्र पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ